श्रद्धा कपुर स्टारर बलिउड फिल्म ‘स्त्री २’ बक्सअफिसमा आक्रामक कमाइ गरेको छ।
यस फिल्मले पहिलो दिन ५४ करोड भारतीय रुपैयाँको ओपनिङ गरेको हो।
यस फिल्मले ४० करोडभन्दा माथि व्यापार गर्ने अनुमान गरिएको थियो। सन् २०१८ को फिल्म ‘स्त्री’को यो दोस्रो श्रृंखलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ।
बुधबारको स्पेशल ओपनिङ प्रिमियरमा फिल्मले ८ करोड भारु कमाएको थियो। रिलिजको ओपनिङमा डेमा ४६ करोड व्यापार गर्यो। फिल्मको जम्मा ग्रस कलेक्सन ५४.३५ करोड रहेको छ।
यस कलेक्सनसँगै ‘स्त्री २’ ले ‘कल्की २८९८ एडी’ र फाइटर जस्ता अघिल्ला हिट फिल्मलाई उछिन्दै नयाँ रेकर्ड बनाएको छ।
‘कल्की’ले भारतमा चारै भाषामा ९५ करोड रुपैयाँ कमाएको छ भने ‘फाइटर’ले २४.६० करोड रुपैयाँ व्यापार गरेको थियो। बिहिबारनै रिलिज भएका अक्षयकुमारको ‘खेल मेल में’ र जोन अब्राहमको ‘वेदा’लाई पनि यस फिल्मले पछि पारेको छ।
यो फिल्म २०१८ को हिट हरर कमेडी चलचित्र ‘स्त्री’ को सिक्वेल हो, जसले दर्शकलाई धेरै हँसाएको र डराएको थियो। ‘स्त्री २’ को श्रद्धा कपुरसहित राजकुमार राव मुख्य भूमिकामा छन्।
पंकज त्रिपाठी, अपारशक्ति खुराना र अभिषेक बनर्जी पनि आफ्नो पुरानो भूमिकामा छन्। फिल्मको स्टार कास्ट, उनीहरुको कमिक टाइमिङ र अभिनयले ट्रेलरलाई झनै रमाइलो बनाएको छ।
‘स्त्री २’ लाई ‘स्त्री’ बाट निर्देशनमा डेब्यू गरेका अमर कौशिकले निर्देशन गरेका हुन्।
Shares

प्रतिक्रिया