समाज


खुम्बु बाढी अपडेट : लगभग २० घर डुबानमा, ६ जनाको उद्धार

हिम पहिरो गएको क्षेत्रका स्थानीयलाई गुम्बातिर सारिँदै
खुम्बु बाढी अपडेट : लगभग २० घर डुबानमा, ६ जनाको उद्धार

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १६:१२, काठमाडौँ

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे भन्ने ठाउँमा हिमपहिरोपछि आएको बाढीका कारण लगभग २० वटा घर पुरिएको छ। अहिले नेपाली सेनाको टोली पुगेर उद्धार कार्य जारी छ। 

सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डे (खत्री) का अनुसार, अहिलेसम्म कुनै मानवीय क्षति भएको विवरण आएको छैन। सेनाका अनुसार, बाढीमा फसेका ६ जनाको उद्धार भएको छ। 

दिउँसो करिब पौने २ बजे आएको बाढीका कारण ३ वटा घर र एउटा छात्रावास बगाएको सीडीओ पाण्डेले बताइन्। 

सदरमुकाम सल्लेरीबाट उक्त घटना घटेको ठाउँ पुग्न पैदल हिँडेर कम्तिमा पनि ४÷५ दिन लाग्ने उनले बताइन्। 

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगत प्रसाद भुसालले दिएको जानकारी अनुसार, पहिलो गएको ठाउँका बस्तीमा रहेका मान्छेलाई नजिकैका गुम्बाहरूमा लैजाने कार्य हुँदैछ। 

उक्त हिमपहिरोपछि आएको बाढीका कारण दूधकोसी नदीमा ठूलो बाढी आएको छ। दूधकोसी नदी सोलुखुम्बु र खोटाङको सिमा भएर बग्ने नदी हो।

खुम्बु पासाङ ल्हामु, माप्य दूधकोसी गाउँपालिका, सोताङ, थुलुङ दूधकोसी र नेचा सल्यान गाउँपालिका लगायतका नदी किनारका क्षेत्रमा क्षति पुग्नसक्ने अनुमान गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad