ad ad

कला


कस्तो बन्यो विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को टिजर? (भिडिओ)

कस्तो बन्यो विराज भट्ट निर्देशित चलचित्र ‘१२ गाउँ’ को टिजर? (भिडिओ)

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १५:२, काठमाडौँ

विराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’ को टिजर सार्वजनिक भएको छ। सार्वजनिक टिजर एक्सन दृश्यहरुले भरिपूर्ण छ। 

विराजको भ्वाइसओभरसँगै टिजरको सुरुवात हुन्छ।

उनी भन्छन्, ‘इतिहासमा कुनै पनि इतिहासका गाथा हेर्दा त्यहाँ दम्भ र घमण्डले भरिएको एउटा अत्याचारी हुन्छ। तर, हरेक पर्खालहरुलाई भत्काउँदै, हरेक चक्रब्युलाई चिर्दै विद्रोहको ज्वालामा दबिएर अवतरित हुन्छ परिवर्तनकारी यौद्धा।’ 

भ्वाइस ओभर सकिएसँगै पर्दामा देखिन्छन् विराजका छोरा समीर भट्ट। 

टिजरमा समीरलाई एंगी र एक्सन अवतारमा देख्न सकिन्छ। साथै, अधिकांश दृश्यमा समीरले गन बोकेर फाइट गरिरहेका हुन्छन्। टिजरमा विराजसँगैअ अन्य मुख्य कलाकार समेत अटाएका छन्। 

समिरले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिएर फिल्म खेलेका हुन्। 

यसै फिल्मबाट समीरसहित दुई अभिनेत्री पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईले पनि डेव्यु गर्दैछन्।

फिल्ममा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय छ।

विराज भट्ट फिल्म पोडक्सन प्रस्तुतीमा निर्माण भएको फिल्ममा विराज स्वंयमको कथा र सन्तोष सरकारको पटकथा तथा संवाद लेखन रहेको छ। 

एक्सन–थ्रिलर कथामा बन्न लागेको सिनेमाका लागि विराजले भारतबाट द्वन्द्व निर्देशक ल्याएका छन्। 

तमिल तथा कन्नड सिनेमामा द्वन्द्व निर्देशक भएर काम गरेका स्टन्ट सिल्भालाई द्वन्द्व निर्देशनमा शंकर महर्जनले सघाएका छन्।

नेपालसहित भारतमा छायाङ्कन गरिएको यो फिल्म दसैंको अवसरमा असोज २४ गतेबाट रिलिज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .