ad ad

कला


वायनाडाका पहिरो पीडितलाई चिरञ्जीवी र रामचरणद्वारा १ करोड आर्थिक सहयोग

मोहनलालले ३ करोड दिने घोषणा
वायनाडाका पहिरो पीडितलाई चिरञ्जीवी र रामचरणद्वारा १ करोड आर्थिक सहयोग

नेपालखबर
साउन २१, २०८१ सोमबार १२:१९, काठमाडौँ

केरलाको वायनाडमा जुलाई २९ मा भारी वर्षापछि आएको पहिरोमा परी हालसम्म ३६५ जनाको मृत्यु भएको छ। दुर्घटनापछि २०६ जना अझै बेपत्ता छन्, जसको खोजीकार्य जारी छ।

यसैबीच, दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र रामचरणले पनि केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितलाई सहयोग गरेका छन्। उनीहरुले पीडितलाई १ करोड भारतीय रुपैयाँ आर्थिक सहयोग गरेका हुन्।

चिरञ्जीवीले एक्समार्फत रामचरण र आफूले केरलाको मुख्यमन्त्री राहत कोषमा पीडितहरूलाई सहयोग गर्न १ करोड रुपैयाँ दिने निर्णय गरेको उल्लेख गरेका छन्। 

दक्षिणी अभिनेता तथा केरलाको १२२ टेरिटोरियल आर्मीका लेफ्टिनेन्ट कर्णेल मोहनलालले उद्धारमा संलग्न सेनालाई भेटेका छन्। उनले पहिरो प्रभावित क्षेत्र पुगेका थिए। बर्दीमा आएका मोहनलालले पीडितका लागि तीन करोड रुपैयाँ सहयोग घोषणा गरे।

अभिनेत्री ज्योतिका, कार्ती र सूर्याले ५० लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्। रश्मिका मन्दानाले १० लाख रुपैयाँ दान गरेकी छन्। मलयालम अभिनेता फहद फासिलले पीडितलाई २५ लाख रुपैयाँ सहयोग गरेका छन्।

फहदसहित ‘पोन्नियान सेल्वन पार्ट १’ र ‘रावण’ जस्ता फिल्ममा काम गरिसकेका तमिल स्टार विक्रमले २० लाख रुपैयाँ दान गरेका छन्। मलयालम अभिनेता मामुट्टी र उनका छोरा दुल्कर सलमानले राहत कोषमा ३५ लाख रुपैयाँ सहयोग गरेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .