ad ad

कला


‘नमेटिने घाउ’ को पोस्टरमा प्रधानमन्त्री ओलीदेखि मुस्कान खातुनसम्म

‘नमेटिने घाउ’ को पोस्टरमा प्रधानमन्त्री ओलीदेखि मुस्कान खातुनसम्म

नेपालखबर
साउन २१, २०८१ सोमबार १२:२६, काठमाडौँ

रमित ढुंगाना निर्देशित फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक गरिएको छ। एक पोस्टर सार्वजनिक गर्दै निर्माणटिमले भदौ ७ गते रिलिज गर्ने घोषणा गरेका हुन्। 

सार्वजनिक पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राम्रो स्थान पाएका छन्। प्रहरी उपरीक्षकद्वय बालनरसिंह राणा, कुमुद ढुंगेल, प्रहरी निरीक्षक जेआर शर्मासहित एसिड पिडित मुस्कान खातुनलगायतलाई देख्न सकिन्छ। 

सत्य घटनामा आधारित यो फिल्म देश नेपाल भित्र एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको वास्तविक घट्नामा आधारित रहेर निर्माण गरिएको ढुंगानाले जानकारी दिए। 

‘यो चलचित्रमा एसिड आक्रमणमा परेका ब्यक्तिहरुको वास्तविक जीवनकथा देखाउन खोजेका छौ। यो चलचित्र निर्माण गर्नुको एउटै उदेश्य हो,एसिड आक्रमणमा परेका ब्यक्तिले समाजमा भोग्नु परेको दर्दनाक दुस्ख,पीडा र अपहेलित हुनु परेको कथाको माध्यमबाट फेरि हाम्रो समाजमा हाम्रो दिदि बहिनी, दाजु भाईहरु माथी यस्तो घटना नघटोस् र यस्तो अपराध गर्ने अपराधीले कडा भन्दा कडा सजाय पाओस, बलियो कानुन बनोस भन्ने नै हो। यो एउटा चलचित्र मात्रै नभएर अभियान पनि हो,’ढुंगानाले लेखेका छन्। 

यस फिल्ममा प्रधानमन्त्री ओलीसहित पूर्व प्रधानमन्त्री माधव नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाही पनि विशेष भूमिकामा छन्।

रमितनै निर्माता रहेको फिल्मको कथा शिवम् अधिकारी लेखेका हुन्। यस फिल्ममा पर्साकी तेजाव पीडित मुस्कान खातुनसहित सुरवीर पण्डित, सिम्रन खड्का, इभा गिरी, सुनिल कटुवाल लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .