ad ad

कला


‘पुष्पा २’को सेटबाट क्लाइमेक्स सिनको भिडिओ लिक

‘पुष्पा २’को सेटबाट क्लाइमेक्स सिनको भिडिओ लिक

नेपालखबर
साउन १६, २०८१ बुधबार १२:३, काठमाडौँ

अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को सेटबाट एउटा भिडिओ लिक भएको छ।

यो भिडिओ फिल्मको क्लाइमेक्स दृश्यको सुटिङका क्रममा खिचिएको बताइएको छ।

भिडिओमा फिल्मसँग सम्बन्धित कास्ट र क्रु सदस्यहरू तीव्र झगडाको दृश्य सुट गरिरहेको देख्न सकिन्छ।

भिडिओमा रगतले लतपतिएको मान्छे हार्नेस (केबल) मा झुण्डिएको देखिन्छ, अन्य व्यक्ति भने सेटअपमा मद्दत गरिरहेका देखिन्छन्। तर, यस क्लिपमा अल्लु अर्जुन र रश्मिका मन्दाना भने छैनन्।

यो भिडिओ सामाजिक सञ्जालमा लिक भएपछि आक्रोशित फ्यानहरूले उक्त भिडिओ डिलिट गर्न माग गरेका छन्। उनीहरूले यो भिडिओ इन्टरनेटबाट हटाउन आग्रह गरेका छन्।

यद्यपि, ‘पुष्पा : द रुल’को फुटेज लिक भएको यो पहिलोपटक भने होइन। यसअघि पनि रश्मिका मन्डन्ना एक भिडिओमा उनको चरित्र श्रीवल्लीको गेट टुगेदरमा देखिएकी थिइन्।

सुकुमार निर्देशित ‘पुष्पा २’ यस वर्षको अगस्ट १५ मा हलमा रिलिज हुने तय भएको थियो। तर, अब यो फिल्म यसै वर्षको डिसेम्बर ६ मा पाँच भाषामा रिलिज हुँदै छ।

फिल्ममा अल्लु र रश्मिकासहित फरद फासिल, धनञ्जय, राव रमेश, सुनिल, अजय घोष लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

१७ डिसेम्बर सन् २०२१ मा रिलिज भएको पहिलो पार्ट ‘पुष्पा : द राइज’ निकै सफल फिल्म हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .