ad ad

कला


सुस्मिताको स्पष्टीकरण : मेरो जीवनमा कोही पुरुष छैन

सुस्मिताको स्पष्टीकरण : मेरो जीवनमा कोही पुरुष छैन

नेपालखबर
साउन ६, २०८१ आइतबार १७:९, काठमाडौँ

बलिउड अभिनेत्री सुस्मिता सेनको व्यक्तिगत जीवन सधैं चर्चामा रहन्छ। हालै उनी आफ्ना पूर्व प्रेमी रोहमन शालसँग देखिएकी थिइन्। त्यसपछि मिडियाभरि उनीहरुको डेटिङको खबर फैलियो।  

यसै विषयमा सुस्मिताले स्पष्टीकरण दिएकी छिन्। उनले विगत दुई वर्षदेखि आफू सिंगल र कसैसँग डेट नगरेको दाबी गरिन्।

एक पडकास्टमा बोल्दै सुस्मिताले अहिले आफ्नो जीवनमा कुनै पुरुष नभएको बताइन्। सुस्मिताले भनिन्, ‘म विगत दुई वर्षदेखि सिंगल छु। वा २०२१ देखि कुनै पनि सम्बन्धमा छैन। मेरो जीवनमा धेरै अद्भुत व्यक्तिहरू छन् जो मेरा साथीहरू हुन्।’

त्यसपछि सुस्मितालाई आजभोलि कसैमा रुचि छ भनेर सोधिएको थियो। जसको जवाफमा सुस्मिताले भन्छिन्, ‘मलाई अहिले कसैप्रति रुचि छैन । कहिलेकाहीँ यो ब्रेक लिन राम्रो छ किनभने पछिल्लो पटक म पाँच वर्षको लागि सम्बन्धमा थिए जुन लामो समय हो।’

सन् २०२१ मा सुस्मिता र रोहमनको ब्रेकअप भएको थियो। ब्रेकअपपछि पनि दुवै असल साथी हुन् र उनीहरुबीच कुनै कटुता छैन। दुबैजना प्रायः सँगै देखिन्छन्। रोहमन सुस्मिताभन्दा १६ वर्ष कान्छा छन्।

यसअघि पनि सुस्मिताको नाम धेरैसँग जोडिएको थियो। रोहमनसहित उनको नाम ललित मोदी, विक्रम भट्ट, रणदीप हुड्डा, वसीम अक्रम, सञ्जय नारंग, बंटी सजदेहसँग जोडिएको थियो।

सुस्मिता सेन सन् १९९४ मा मिस युनिभर्स बनेकी थिइन्। सन् १९९६ मा फिल्म ‘दस्तक’ बाट बलिउडमा डेब्यू गरेकी उनी ‘बीवी नम्बर १’, ‘डु नट डिस्टर्ब’, ‘मै हुन ना’, ‘मैने प्यार क्यूं किया’, ‘तुमको ना भूल पायेंगे’ र ‘नो प्रोब्लम’ जस्ता फिल्ममा देखिएकी थिइन्।

सुस्मिता पछिल्लो पटक वेब सिरिज आर्य–३ मा देखिएकी थिइन्। हाल एकल आमा रहेकी सुस्मिताका दुइ छोरीहरु छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .