ad ad

कला


दर्शकले रुचाए विक्की कौशल स्टारर फिल्म ‘ब्याड न्युज’

दर्शकले रुचाए विक्की कौशल स्टारर फिल्म ‘ब्याड न्युज’

नेपालखबर
साउन ६, २०८१ आइतबार १३:४३, काठमाडौँ

विक्की कौशल अभिनित बलिउड फिल्म ‘ब्याड न्युज’ ले दर्शकहरुको राम्रो साथ पाइरहेको छ। यस फिल्मले दुई दिनमा घरेलु बक्सअफिसमा १८।८२ करोड भारतीय रुपैयाँ कलेक्सन गरिसकेको छ। 

गत शुक्रबारबाट रिलिज भएको यस फिल्मले पहिलो दिन ८.६२ करोड भारुको ओपनिङ गरेको थियो। त्यसैगरि, दोस्रो दिन फिल्मले १०.२० करोड भारु कमाएको छ। 

रिलिजअगावै चर्चामा रहेको यस फिल्मले विक्कीको करिअरलाई फाइदा पुगेको छ। ‘ब्याड न्युज’ विक्की कौशलको करिअरकै सबैभन्दा ओपनिङ गर्ने फिल्म बनेको छ। 

यतिखेर फिल्मको ‘तौबा तौबा’ गीत हिट छ। विशेषगरि विक्कीको ‘किलर मुभ्स’ लाई कपी गरेर दर्शकहरुले भिडिओ र रिल्स बनाइरहेका छन्। जसले पनि फिल्मको व्यापारमा सहायता गरिरहेको छ। 

यसअघि विक्की स्टारर फिल्म ‘उरीः द सर्जिकल स्ट्राइक’ ले ८.२० करोड, ‘राजी’ले ७.५३ करोड भारु, ‘श्याम बहादुर’ले ६।५३ करोड भारु, ‘जरा हट्के जरा बचके’ ले ५.४९ करोड भारु ओपनिङ गरेका थिए। 

यस फिल्ममा विक्कीसहित तृप्ति डिमरी, एमी विर्क र नेहा धुपियाको अभिनय छ। आनन्द तिवारीको निर्देशन रहेको फिल्मलाई धर्मा प्रोडक्सनका करण जोहर, लियो मिडिया कलेक्टिभ प्रालिका आनन्द तिवारी र अमृतपाल सिंह बिन्द्रा र अमेजन प्राइमका मनिष मेन्घानीले निर्माण गरेका हुन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .