जितु नेपाल र नीति शाहको मुख्य भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ को छायाङ्कन सकिएको छ। चित्लाङ र चितवन गरेर एक महिना लगाएर फिल्मको सुटिङ सकिएको हो।
कलाकार र प्राविधिकहरुको साथका कारण निर्धारित समयमै फिल्मको सुटिङ सकिएको निर्देशक बसन्त निरौलाले जानकारी दिए। छायाङ्कन सकिएसँगै निर्माणटिम फिल्मको प्रोस्टप्रोडक्सनको काममा लागेको छ।
यस फिल्ममा जितु र नीतिलाई पर्दामा जोडीको रुपमा हेर्न पाइनेछ। दुवैको भूमिका विशेष हुने निरौलाको भनाइ छ।
मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङ निर्माता रहेको फिल्मको प्रस्तुतकर्ता राजकुमार पण्डित हुन्। विजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा र शंकर धितालको पटकथा तथा संवाद छ।
फिल्ममा वुद्धि तामाङ, शिशिर वाङ्देल, प्रकाश घिमिरे, रमेश बुढाथोकी, निमा पाण्डे, शिवु पाण्डे लगायतको अभिनय छ।
Shares
प्रतिक्रिया