ad ad

कला


क्यानाडामा नेपाल फेस्टिभल हुने

क्यानाडामा नेपाल फेस्टिभल हुने

नेपालखबर
असार २१, २०८१ शुक्रबार १०:८, काठमाडौँ

लालिगुराँस स्पोर्ट्स एण्ड कल्चरल क्लबको प्रस्तुतीमा क्यानडाको ब्राम्पटन सहरको केन विलिएम्स स्क्वाएरमा ‘नेपाल फेस्टिभल २०२४’ हुने भएको छ। 

शेल्टो मोर्टगेज क्यानडा र लिआम फुड क्यानाडाको मुख्य प्रायोजनमा हुने एक दिने महोत्सवमा नेपाली गीतसङ्गीत, नेपाली भेषभूषा, हस्तकलाका सामग्री, नेपाली खानाका परिकारहरू रहने सांस्कृतिक विभाग प्रमुख जीआर भण्डारीले जानकारी दिए।

‘यो क्यानडामा सबैभन्दा बढी नेपाली बसोबास गर्ने सहर हो । त्यसैले यहाँ नेपाली कला र संस्कृतिसँग जोडिएको गतिविधी गर्नुपर्छ भन्ने लगेर हामीले एक दिने महोत्सवको आयोजना गर्दैछौँ । यसले क्यानाडामा रहनुहुने नेपालीलाई नेपालको याद थोरै भएपनि मेट्न सहयोग गर्छ भन्ने लागेको छ। महोत्सवमा आइपुग्नेले नेपालमै पुगेको महसुश गर्नु हुनेछ’, भण्डारीले भने।

भण्डारीले यसअगाडि पनि क्यानाडामा नेपाली मेला, महोत्सव, सांस्कृतिक र साङ्गीतिक कार्यक्रमको आयोजना गर्दै आइरहेका छन् । गायक प्रकाश सपूत, गायक तथा सङगीतकार कालीप्रसाद बाँस्कोटाको म्युजिकल कन्सर्ट पछिल्लो समय उनले गरेका कार्यक्रम हुन्।

निःशुल्क इन्ट्री रहेको महोत्सवमा नेवार, गुरुङ, तामाङ, शेर्पा, थारु, मधेसी लगायतका विभिन्न समुदायको झाँकी र नृत्य प्रस्तुत हुनुका साथै गायक हिमाल सागरसँगै स्थानीय कलाकारहरू देविका केसी, मानसिंह खड्का, हिमालयन भाइव्स ब्याण्डसहित अन्य थुप्रै स्थानीय कलाकारले आफ्नो प्रस्तुती दिनेछन्।

गायक हिमाल सागर महोत्सवमा सहभागी हुन् त्यसतर्फ प्रस्थान गरिसकेका छन् । ‘नेपालीहरूको माँझमा आफ्नो प्रस्तुती दिन पाउँदा सधै मा उत्साहित हुन्छु । क्यानाडामा रहनुभएका नेपालीसँग भेटघाट गर्दै गीतसङ्गीतमार्फत नेपालकै महसुश गराउने प्रयास गर्नेछु । प्रवासका नेपालीलाई लक्षित गर्दै गरिने यस्ता नेपाली महोत्सवमा आफ्नो प्रस्तुती दिन म सधै तत्पर रहने गर्छु’, गायक हिमालले भने।

लालिगुरास स्पोर्ट्स एण्ड कल्चरल क्लबका क्रिजल अधिकारीले यस महोत्सवलाई नर्थ अमेरिकाकै ठूलो मध्ये एक हुने बताए। 

उनले भने, ‘यस महोत्सवमा क्यानडामा रहनु भएका सम्पूर्ण नेपाली सङ्घसंस्थाले हातेमालो गर्नुभएको छ । यो महोत्सवको उदेश्यनै नेपाली कला र संस्कृतिको प्रवद्र्धन गर्नुका साथै नेपाली बीच सामीप्यता बढाउनु हो।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .