कला


आइफा नेपालमा नगर्न संसदीय समितिको निर्देशन

आइफा नेपालमा नगर्न संसदीय समितिको निर्देशन

नेपालखबर
असार १७, २०७६ मंगलबार १२:३,

इन्टरनेशनल इण्डियन फिल्म अवार्ड (आइफा) नेपालमा नगर्न संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले निर्देशन दिएको छ।

मंगलबार बसेको समितिको बैठकले गत असार ३ गते मन्त्रिपरिषद् बैठकले निर्णय गरेको आइफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको हो।

आइफा नेपालमा गर्दा यसले राष्ट्रको स्वाधिनता र स्वतन्त्रमाथि आँच पुर्याउने समितिको ठहर छ। बैठकमा पछिल्लो समय आइफाबारे नेपालमा चर्किएको विवाद र बहसबारे छलफल भएको थियो।

अधिकांश सदस्यले आइफाले राष्ट्रियता गिराउने तर्क राखेपछि समितिले यस्तो निर्णय गरेको हो।

आइफाका नेपालमा गर्न झन्डै ८० करोड रुपैयाँ सरकारले आयोजकलाई दिने विषय बाहिर आएपछि यसको विरोध सुरु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .