कारोबार


पथलैया–कमला सडक ४ लेनमा विस्तार गरिने

पथलैया–कमला सडक ४ लेनमा विस्तार गरिने

नेपालखबर
असार १७, २०७६ मंगलबार ११:३८,

 पथलैया–कमला सडकलाई ४ लेनमा विस्तार गर्न थालिने भएको छ। आगामी आर्थिक वर्षदेखि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पथलैयादेखि कमलासम्मको सडकलाई ४ लेनमा विस्तार गरिने सडक विभागले जनाएकाे छ।

सडकलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार बनाउनका लागि ४ लेनको सडकलाई १ सय ४ फिट कायम गरी ६ लेनको बनाउन लागिएको छ। बजार क्षेत्रमा ६ लेन र अन्य सबैतिर ४ लेनमा सडक फराकिलो हुने गरी निर्माण गर्न लागिएको सडक विभागले जानकारी दिएको छ।

दुई वर्षभित्र सम्पन्न गर्ने गरी अघि बढाइने सडक विस्तारको काम नयाँ आर्थिक वर्ष २०७६÷७७ देखि सुरु हुने भएको छ । एक वर्षमा सार्वजनिक खरिद प्रक्रिया र अन्य प्रक्रियागत कुरा पूरा गर्ने र अर्को वर्षदेखि धमाधम सडक विस्तारको काम अघि बढाउन लागिएको सडक विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिएका छन्।

आयोजनाको कुल अनुमानित लागत ४० अर्ब रुपैयाँ रहेको विभागले जनाएको छ। नयाँ सडक निर्माण, ४ र ६ लेनको सडक, पुल विस्तार र नयाँ पुल निर्माण गर्न उक्त लागत अनुमान गरिएको छ। पथलैयादेखि कमलासम्मको कुल १३० किमि सडक विस्तार हुनेछ। सडक विभागका अनुसार अहिले सडक विस्तारका लागि स्थलगत अध्ययनको काम भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .