फिल्म ‘यो मन त मेरो नेपाली हो’ को छायांकन सकिएको छ। ‘आखै रसिलो’ बोलको गीतको सुटिङसँगै फिल्मको इन्डक्ल्याप गरिएको हो।
भ्वाइस अफ नेपालको स्टुडियो र बालाजु ल्याबमा गीतको छायाङ्कन गरिएको थियो। गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने अस्मिता अधिकारी र सबिन सुबेदीको स्वर छ।
गीतमा फिल्मका मुख्य कलाकार रोशन श्रेष्ठ र आयुषा समालसगै मेरो डान्स युनिभर्सकी विजेता खुशी कार्की, नारायण प्रधान,डि आइडीका टप टेन डान्सर नरेश वीर सिंहलाई फिचर्ड गरिएको छ।
चलचित्रको केहि दिन अघि अमेरिकामा समेत छायांकन गरिएको थियो। नेपालको झापा ,इलाम साथै भारतको सिकिम, दार्जीलिङ, जयगाउ पश्चिम् बङ्गाल लगायतको ठाउमा चलचित्रको छायांकन गरिएको थियो।
यस फिल्ममा भारत, मलेसिया, पोल्याण्ड, अस्टिया, बेल्जियम, ट्युनिसिया,जर्मनी, साउथ अफ्रीका लगायतका देशका कलाकारहरुको अभिनय रहेको निर्माणटिमको दाबी छ।
अमेरिकामा रहेका साहित्यकार मित्र प्रधान (नर) को निर्देशन र कथा रहेको यस फिल्ममा ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन्।
यस फिल्ममा रोशन र आयुषासहित विल्सन विक्रम राई, बुद्धि तामाङ ‘हैट’, विजय बराल, नारायण खाती,भुपेन्द्र लिङ्देन,सुबास भन्डारी,बिजय सुब्बा,बिजिता बर्देवा, देवराज राजबन्शी लगायतको अभिनय रहेको छ। आयुषा समाल मेरो डान्स कप युएसए कि फर्स्ट रनर अप हुन्।
यस फिल्मले विदेशमा रहेका नेपालीको मुद्धालाई उठान गर्दै छ। चलचित्रले नेपाली भाषा, साहित्य, कला, यसको ईतिहास, महत्व र नेपाली भाषाको गौरवसंगै नेपाली को हुन् भन्ने विषयबस्तुलाई उठान गर्न खोजेको छ।
शिवम् अधिकारीको लेखनमा निर्माण भएको चलचित्रले विश्वका विभिन्न देशहरुमा बसोबास गर्दै आएका नेपालीहरुले आफ्नो कला, संस्कार, संस्कृति विर्सदै गएको हुदा चलचित्रको माध्यमबाट नेपाली भाषा प्रतिको आकर्षण, महत्व र ईतिहास दर्साउन खोजिएको छ।
Shares
प्रतिक्रिया