ad ad

कला


केकीप्रति सुलक्षणको कटाक्ष : सर्जकलाई वेवास्ता गर्नु बौद्धिक चोरी होइन?

केकीप्रति सुलक्षणको कटाक्ष : सर्जकलाई वेवास्ता गर्नु बौद्धिक चोरी होइन?

नेपालखबर
असार २, २०८१ आइतबार १५:५५, काठमाडौँ

वैशाख १४ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘बोक्सीको घर’ यसवर्षकै हिट फिल्ममा पर्छ। बक्सअफिसमा राम्रो व्यापार गरेको यस फिल्मले प्रदर्शनको ५१ औं दिन मनाएको छ।

फिल्मले ५१ औँ दिन मनाइरहँदा फिल्मका निर्देशक तथा लेखक सुलक्षण भारती भने असन्तुष्ट देखिएका छन्। आइतबार भारतीले फेसबुकमा निर्मातालक्षित एक स्टाट्स लेख्दै आफूलाई बेवास्ता गरिएको आरोप लगाएका छन्।

मुख्य भूमिकामा रहेकी अभिनेत्री केकी अधिकारी फिल्मको निर्माता समेत हुन्। फिल्म प्रदर्शनका लागि केकी हालै युरोप पुगेर फर्किएकी छिन्। जसकारण उनको यो स्टाट्स केकीलक्षित रहेको बुझ्न सकिन्छ।

उनले लेखेका छन्, ‘जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन जरुरी छ वा छैन? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र?’

चलचित्र बोक्सीको घरले ५१ दिन मनाउन सफल भएकोमा खुशी व्यक्त गर्दै उनले चलचित्रका मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा आफूले काम गरेको स्मरण गराएका छन्।

‘यहाँ आफ्नो लागि आफैंले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ। यी मेरा प्रश्नहरु हुन्, कसैप्रति आक्षेप भने होइन। प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो’ उनले लेखेका छन्, ‘यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरु हुन्। ‘काम गर्ने कालू माम खाने आलु’ के यो उखानले सार्थकता राख्छ?’

उनले बोक्सीको घर नितान्त आफ्नो कृति भएको उनले दाबी गरेका छन्।

‘निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ?’ उनको प्रश्न छ, ‘म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो?’

जसले जे काम गरेको छ, त्यसको उचित मूल्यांकन हुन जरुरी रहेको उनको भनाई छ।

लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र? भन्दै उनले प्रश्न गरेका छन्, ‘बौद्धिक चोरी भनेको के हो? बोक्सीको घर आखिरमा कसले बनाएको चलचित्र हो?’

‘अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र केका लागि बनाउने रु दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चारमाध्यम हो। यस विषयमा कसले ध्यान दिने? सुलक्षणले प्रश्न गरेका छन्, ‘एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र? ‘हिप्पोक्रेसी अन इट्स टप।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .