ad ad

कला


२७ वर्षपछि बन्दै बोर्डरको सिक्वेल, सन्नी देओलले गरे घोषणा

२७ वर्षपछि बन्दै बोर्डरको सिक्वेल, सन्नी देओलले गरे घोषणा

नेपालखबर
जेठ ३१, २०८१ बिहिबार ११:५८, काठमाडौँ

सन् १९९७ मा रिलिज भएको सन्नी देओल स्टारर हिट फिल्म ‘बोर्डर’ को सिक्वेलको घोषणा गरिएको छ। 

रिलिजको २७ वर्षपछि फिल्मको दोस्रो श्रृंखला निर्माण हुन लागेको हो। सन्नी आफैँले सामाजिक सञ्जालमा फिल्म घोषणाको भिडिओ सेयर गरेका छन्।

‘एक सिपाही आफ्नो २७ वर्ष पुरानो वाचा पूरा गर्न फेरि आउँदैछ। भारतको सबैभन्दा ठूलो युद्ध फिल्म ‘बोर्डर’।’
 

सार्वजनिक भिडिओमा भिडियोमा फिल्मसँग सम्बन्धित कुनै दृश्य छैन। पृष्ठभूमिमा केवल सनी देओलको आवाज छ। यससँगै ब्याकग्राउन्डमा फिल्मको गीत ‘सन्देश आते हैँ’ पनि सुनिन्छ।

बोर्डर-२ लाई भुषण कुमार, कृष्ण कुमार, जेपी दत्त र उनकी छोरी निधि दत्तले संयुक्त रुपमा निर्माण रहनेछ। यस फिल्मलाई जसलाई अनुराग सिंहले निर्देशन गर्नेछन्। फिल्मको रिलिज मितिबारे भने कुनै जानकारी आएको छैन।

यस फिल्ममा सनी देओलसँगै आयुष्मान खुराना पनि मुख्य भूमिकामा देखिने चर्चा छ। स्रोतका अनुसार ‘बोर्डर २’ को छायांकन अक्टोबरबाट सुरु हुँदैछ। लामो समयदेखि चलचित्रको सम्पूर्ण तयारी पूरा गर्न टिम व्यस्त थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .