ad ad

कला


प्रभास स्टारर ‘कल्की २८९८ एडी’ को ट्रेलरमा अध्यारो र उज्यालोको कथा

प्रभास स्टारर ‘कल्की २८९८ एडी’ को ट्रेलरमा अध्यारो र उज्यालोको कथा

नेपालखबर
जेठ २९, २०८१ मंगलबार १२:४२, काठमाडौँ

बहुप्रतीक्षित दक्षिण भारतीय फिल्म ‘कल्की २८९८ एडी’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा प्रभाससहित दीपिक पादुकोण, अमिताभ बच्चन लगायका मुख्य कलाकाहरु फिचर्ड छन्। 

नाग अश्विनको निर्देशनमा बनेको यो फिल्मलाई भिएफएक्सले भरिपूर्ण बनाइएको छ। भिजुअल इफेक्टको अत्यधिक प्रयोग ट्रेलरमा प्रस्ट देखिन्छ।

फिल्ममा दीपिका पादुकोण गर्भवती महिलाको भूमिकामा छिन्, जो आफ्नो बच्चालाई बचाउन संघर्ष गरिरहेको देखिन्छ।

अन्धकार र उज्यालोको बीचमा देखाइएको कथामा प्रभास भैरवको भूमिकामा छन्। फिल्ममा अभिनेता शाश्वत चटर्जीले कमाण्डर मानसको भूमिका निर्वाह गरेका छन्, जो अन्धकारको संसारको राजा हुन्। 

कमाण्डर मानसका अनुसार भैरवले पद्मासँग लड्ने कि उनलाई सहयोग गर्ने वरिपरि ट्रेलर घुमेको छ। प्रभासको पात्र ट्रेलरमा एकदमै बलियो देखिएको छ।

ट्रेलरमा अश्वस्थामा अर्थात् अमिताभ बच्चनलाई कथा बुझाउन राखिएको छ, जसलाई हरेक पात्रको सत्यता थाहा छ। उनले पदमाले आफ्नो गर्भमा भगवानलाई स्थान दिएको बताउँछन्। 

कमाण्डर मानसले पदमालाई खतरा मान्छन् र सबैभन्दा शक्तिशाली भैरवलाई पठाउँछन्, जसले कहिल्यै युद्ध हारेका थिएनन्। युद्धमा भैरवले अश्वस्थामाको सामना गर्नेछन्। युद्ध कसले जित्छ त्यो फिल्म हेरेपछि मात्रै थाहा हुन्छ। फिल्ममा कमल हसनले महत्त्वपूर्ण भूमिका छ। यद्यपि उनको लुक भने सार्वजनिक गरिएको छैन। 

भगवान् विष्णुको कल्की अवतार देखाउने प्रयास गरिएको यो फिल्म आगामी असार १३ (जुन २७) मा रिलिज हुँदैछ। कल्की २८९८ एडी जुन २७ मा तमिल, तेलुगु, मलयालम, कन्नड र हिन्दीलगायत धेरै भाषामा रिलिज गर्ने तयारी छ।

सन् २०२० मा निर्माण घोषणा गरिएको यो फिल्म ६०० करोड भारतीय रुपैयाँमा बनेको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .