ad ad

कला


अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङको लागि परिवारसहित इटाली उडे शाहरुख खान

अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङको लागि परिवारसहित इटाली उडे शाहरुख खान

नेपालखबर
जेठ १७, २०८१ बिहिबार १२:५३, काठमाडौँ

मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको दोस्रो प्रि-वेडिङ समारोह बुधबारदेखि इटालीमा जारी छ। इटालीको समुन्द्री तटमा भइरहेकाे समारोहमा भारतीय कलाकारहरूलाई पनि बोलाइएको छ।

समारोहमा सहभागी हुन आज बिहान शाहरुख खान परिवारसहित इटाली प्रस्थान गरेका छन्। उनलाई आज बिहान करिब ३ बजे मुम्बईको निजी विमानस्थलमा कडा सुरक्षामा देखाइएको थियो। उनको साथमा छोरा आर्यन र छोरी सुहाना देखिएका थिए ।

यसैबीच बुधबार प्रि-वेडिङमा सहभागी हुन अनन्या पाण्डे, सारा अली खान, करण जोहर, इब्राहिम अली खान, करीना कपूर, करिश्मा कपूर, दिशा पटानी, मनिष मल्होत्रा ​​र सचिन तेन्दुलकरलगायत धेरै सेलिब्रेटी पुगिसकेका छन्। पालेर्मो एयरपोर्ट पुगेपछि सबैजना लिमोजिनबाट क्रुजमा पुगे। रियल कपल रणवीर कपुर र आलिया भट्ट पनि समारोहमा पुगिसकेका छन्।

कार्तिक आर्यन बिहीबार बिहान मुम्बई एयरपोर्टमा देखिएका थिए। उनले आफ्नो फ्यानसँग फोटो खिचेका छन्। कार्तिक आर्यनको बहुप्रतिक्षित फिल्म ‘चन्दु च्याम्पियन’ जुन १४ बाट हलमा रिलिज हुँदैछ।

यसअघि मार्च १ देखि ३ गतेसम्म अनन्त र राधिका मर्चेन्टको पहिलो प्रि वेडिङ जामनगरमा भएको थियो। जहाँ एक हजार बढी अतिथिहरू जामनगर पुगेका थिए। यसमा १२०० करोड भारतीय रुपैयाँ खर्च गरिएको थियो। बिहे भने आगामी जुलाई मा मुम्बईको वर्ल्ड सेन्टरमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .