ad ad

कला


‘शाम्बाला’को प्रिमियरका लागि अनुराग कश्यप पनि काठमाडौँ आइपुगे

‘शाम्बाला’को प्रिमियरका लागि अनुराग कश्यप पनि काठमाडौँ आइपुगे

नेपालखबर
भदौ २२, २०८१ शनिबार १८:४७, काठमाडौँ

नेपाली फिल्म ‘शाम्बाला’ को प्रिमियर सोको लागि भारतीय अभिनेता अनुराग कश्यप पनि काठमाडौँ आइपुगेका छन्। शनिबार दिउँसो उनी नयाँ दिल्ली हुँदै काठमाडौँ आइपुगेका हुन्। 

आजै भारतीय अर्का अभिनेता नवाजुद्दिन सिद्दिकी नेपाल आएका छन् उनी पनि ‘शाम्बाला’ कै प्रिमियर सोका लागि नेपाल आएका हुन्। 

शाम्बालाका निर्देशक मिन भामले त्रिभुवन विमानस्थलमा उनीहरूलाई स्वागत गरे। 

आइतबार साँझ छायाँ सेन्टरस्थित क्यूएफएक्स हलमा उक्त फिल्मको नेपाल प्रिमियर हुँदैछ। 

मीनबहादुर भामको निर्देशनमा बनेको यो फिल्म भदौ २८ देखि प्रदर्शनमा आउँदैछ।

निर्देशक भाम र नवाजुद्दिनको पहिलो भेट बर्लिन फिल्म फेस्टिभलमा भएको थियो, जहाँ नवाजुद्दिनले ‘शाम्बाला’ हेर्ने इच्छा व्यक्त गरेका थिए। 

त्यस समयमा उनीहरूबीच सँगै काम गर्ने कुराकानी पनि भएको थियो।

‘यसपटक, नवाजुद्दिन र अनुराग कश्यप विशेष अतिथिको रूपमा प्रिमियरमा उपस्थित हुने फिल्मका एसोसियट निर्माता मिन्सो लिम्बूले बताए।

‘शाम्बाला’ बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धामा छनोट हुने पहिलो नेपाली फिल्म हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .