ad ad

कला


‘ईश्वर’ को पोस्टरमा अनु र पृथ्वीराजको जोडी

‘ईश्वर’ को पोस्टरमा अनु र पृथ्वीराजको जोडी

नेपालखबर
जेठ १५, २०८१ मंगलबार १३:३२, काठमाडौँ

राजु गिरीको निर्देशित फिल्म ‘ईश्वर’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा मुख्य कलाकार पृथ्वीराज प्रसाईं र अनु शाह फिचर्ड छन्।

ताललाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा पृथ्वी र अनुलाई रोमान्टिक भावमा देख्न सकिन्छ। दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाको निर्माताका रुपमा रहेका छन्।

निर्देशक राजुका अनुसार केही दिनअघि पोखरामा फिल्मको प्रिमियर गरिएको थियो। यस फिल्ममा भोजराज देवकोटाको पटकथा तथा संवाद छ।

लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा अनु र पृथ्वीसहित ध्रुव थापा, सुनिल थापा, सविन बास्तोला, माओत्से गुरुङ, शिशिर बाङ्देल, ध्रुव थापा, रविन्द्र झा, बुद्धि तामाङ, कृष्टि गुरुङ, गीता अधिकारीलगायतको अभिनय छ।

यसै फिल्मबाट अभिनेत्री अनु शाहले ५ वर्षपछि अभिनयमा कमब्याक गरेकी हुन्। उनको पछिल्लो प्रदर्शनमा आएको फिल्म ‘पसिना’ हो।

फिल्ममा अर्जुन पोखरेल, राजेन्द्र बजगाई र बीपी वाग्लेको संगीत, कविराज गहतराज, देवेन्द्र पाण्डे र सुरेश पाण्डेको कोरियोग्राफी रहेको छ। फिल्ममा रामेश्वर हुँमागाईको छायांकन र देव महर्जनको द्वन्द्व निर्देशन रहेको छ। साउन ११ गतेबाट प्रदर्शन हुने फिल्मलाई आरआर फिल्मसले वितरण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .