ad ad

कला


स्वस्तिमा खड्का अभिनीत ‘चपली हाइट ३’ सिनेमाघर एपमा रिलिज

स्वस्तिमा खड्का अभिनीत ‘चपली हाइट ३’ सिनेमाघर एपमा रिलिज

नेपालखबर
जेठ २, २०८१ बुधबार १२:५६, काठमाडौँ

स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा  रिलिज भएको छ। मंगलबार रिलिज भएको यो फिल्म विश्वभरबाट सिनेमाघर एप प्रयोग गरी हेर्न सकिन्छ।

यो फिल्म २०७८ पुस ३० गते हलमा रिलिज भएको थियो। तीन दिनमा नै कोभिड-१९ को महामारीले हलहरू बन्द भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो। सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो।

सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एपमार्फत सजिलै हेर्न सकिने छ।

निकेश खड्का निर्देशित फिल्ममा स्वस्तिमासहित अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी बर्देवा, आमिर गौतम, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला लगायतको अभिनय छ। सस्पेन्स-थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन्। यो फिल्म चर्चित फिल्म ‘चपली हाइट’को तेस्रो सिरिज हो।

सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध छ। एपमा उपलब्ध चलचित्रहरू नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।

‘चपली हाइट ३’ हेर्न रु. २०० रकम तिर्नुपर्ने हुन्छ। यस एपमा व्यवस्था रहेको सिनेक्वाइन प्रयोग गरेर निःशुल्क रूपमा समेत चलचित्रहरू हेर्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .