ad ad

कला


वेब सिरिज ‘पञ्चायत ३’ को ट्रेलर सार्वजनिक

वेब सिरिज ‘पञ्चायत ३’ को ट्रेलर सार्वजनिक

नेपालखबर
जेठ २, २०८१ बुधबार १७:४९, काठमाडौँ

चर्चित भारतीय वेब सिरिज ‘पञ्चायत ३’ को ट्रेलर सार्वजनिक भएको छ। युट्युब च्यानल प्राइम भिडिओ इण्डियामार्फत तेस्रो सिजनको ट्रेलर सार्वजनिक गरिएको हो। 

‘कोटा फ्याक्ट्री’ जस्ता सफल शो दिएका जितेन्द्र कुमार यस सिरिजमा फेरि एकपटक ‘सचिव’को भूमिका निर्वाह गरेर ‘फुलेरा’का जनतालाई सल्लाह दिँदै छन्।

पञ्चायत सिरिजमा उनको क्यारेक्टरको नाम ‘अभिषेक त्रिपाठी’ हो। ट्रेलरको सुरुवातमा अभिषेकको सट्टामा उनले प्रधान जीलाई गाउँमा नयाँ सेक्रेटरीको रूपमा आएको बताएको देखाइएको छ।

तर, ‘फुलेरा’ मा यो खबर फैलिनेबित्तिकै अभिषेक त्रिपाठीको ट्रान्सफर रद्द भएको छ। यसबाट आक्रोशित जितेन्द्र कुमार स्थानीय राजनीतिबाट बाहिरिएर आफ्नो इन्जिनियरिङ परीक्षामा केन्द्रित हुन चाहन्छन्। तर गाउँकै पुरानो सचिव भएकाले आफ्नो जिम्मेवारीबाट पछि हट्दैनन्।

यसपटक पञ्चायत ३ को ‘फुलेरा–पश्चिम’ र ‘फुलेरा–पूर्व’ सूचीमा ‘गरीब आवास योजना’ सूचीमा भएको घोटाला पनि शृङ्खलामा देखाइनेछ। ‘पञ्चायत’ निर्वाचनमा फुलेरा पूर्वमा बसोबास गर्ने सबै जनताले नेता बन्न र नयाँ सचिवलाई गाउँबाट भगाउन कसरी मिहिनेत गर्छन् भन्ने देखाइएको छ।

तेस्रो सिरिजमा जितेन्द्रसहित नीना गुप्ता, रघुवीर यादव, फैसल मलिक, चन्दन रोय र सान्विकाको अभिनय हुनेछ। पञ्चायत ३ को कथा चन्दन कुमारले लेखेका छन्। दीपक कुमार मिश्र निर्देशित यो सिरिज मे २८ बाट अमेजन प्राइममा स्ट्रिमिङ हुँदै छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .