कला


‘वर एण्ड बधु’ मा एक्सन अवतारमा आँचल शर्मा

‘वर एण्ड बधु’ मा एक्सन अवतारमा आँचल शर्मा

नेपालखबर
बैशाख २८, २०८१ शुक्रबार १५:२२, काठमाडौँ

छायांकनरत फिल्म ‘वर एण्ड बधु’ मा अभिनेत्री आँचल शर्माको एक्सन दृश्य खिचिएको छ। बिहिबार मुलपानीस्थित रोएल प्यालेसमा भएको सुटिङमा आँचलसहित नव अभिनेता विवेक कर्माचार्य एक्सन अवतारमा देखिए। 

सेटबाट सार्वजनिक गरिएको तस्बिरमा आँचललाई भिलेनसँग फाइट गरिरहेको देख्न सकिन्छ।  

एक्सनको दृश्यको कोरियोग्राफी गरिरहेका निर्देशक हिमाल केसी र छायांकार सुदिप बराल आँचल र विवेकको प्रशंसा गरे।

‘आँचल शर्माको काम गर्ने शैली गज्जब लाग्यो। एक्सनमा उनले जुन तरिकाले काम गरिन्, त्यसबाट के पुष्टि हुन्छ भने उनी सोलो एक्सन फिल्ममा पनि काम गर्न तयार छिन्। विवेकले गरेको एक्सन देखेर दर्शकहरु दंग पर्नुहुनेछ। उनी कही कतैबाट पनि नयाँ देखिदैनन्,’उनले भने। 

अभिनेत्री आँचलले आफूलाई जुन तरिकाको एक्सन गर्न मन लागेको थियो त्यस्तै काम गर्न पाएको भन्दै खुसी व्यक्त गरिन्। आँचलले भनिन्, ‘मलाई पहिले नै एक्सनका लागि तयार भएर एक्सन गरे जस्तो भूमिका गर्न मन थिएन ५ इन्चको हिल, फेन्सी पहिरन लगाएर म एक्सन गरिरहेकी छु। म भित्र एक्सनका लागि इनर्जी उस्तै छ। रमाइलो भइरहेको छ।’

विवेकले पनि काम निकै राम्रो भएको भन्दै दंग देखिए। उनले यसै फिल्मका लागि प्याक्स समेत बनाएका छन्। यसका लागि उनले नुन र चिनी छाडेका छन्। दिनमा एक लिटर मात्र पानी पिएका छन्।  विवेक फिल्मबाट निकै आशावादी सुनिए ।

यस फिल्मको रोमानियामा पहिलो चरणको छायांकन गरिएको थियो। निर्देशक मिलन चाम्सले दोस्रो चरणको सुटिङ गरिरहेका छन्। उनका अनुसार एक साता भन्दा बढी समय लाग्नेछ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा तयार भइरहेको फिल्मका कार्यकारी निर्माता डाक्टर अमित रिजाल हुन्। छायांकन सकिएपछि फिल्मको प्रदर्शन मिति तोक्ने तयारी मिलनको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .