भुटानका चर्चित कलाकार सांगे सेल्ट्रिम फिल्म ‘ऐरी’मा अनुबन्धित भएका छन्। निर्देशक जीवन थापा र सांगेबीच बुधबार सम्झौता भएको हो।
यही सम्झौताका लागि सांगे मंगलबार नेपाल आएका थिए।
अभिनेता प्रदिप खड्काको मुख्य भूमिका रहेको यो महत्त्वकांक्षी फिल्ममा सांगेको भूमिका के हुने भन्ने विषय निर्माणपक्षले खुलाएको छैन।
बलिउड र नेपाली फिल्म क्षेत्रको सहकार्य हुन लागेकाले पनि आफू यो फिल्ममा काम गर्न उत्साहित भएको सांगेको भनाइ छ।
फिल्ममा अनुवन्धित भएपछि ‘जवान’ अभिनेता सांगले भने,‘मैले यो फिल्ममा काम गर्नुको मुख्यकारण यसको कथावस्तु हो। यसको कथावस्तु ऐतिहासिक छ। साथमा, मलाई सधै नै योद्धाको कथामा काम गर्न मन थियो। यो फिल्मबाट मेरो सपना पुरा हुँदैछ।’
सांगेले नेपाल र भुटानको सम्बन्धलाई अझै उचाईमा लैजानका लागि पनि आफूले यो फिल्म साइन गरेको बताए।
यो फिल्मको हाल प्रि प्रोडक्शनको काम धमाधम चलिरहेको छ। नेपाली, हिन्दीका साथै दक्षिण भारतीय भाषामा पनि डब गरिनेछ। फिल्ममा सुवास काले, प्रशान्तकुमार गुप्ता र राजन कुँवरको संयुक्त निर्माण रहनेछ।
फिल्मको छायांकन केही महिनापछि सुरु हुनेछ । निर्माणपक्षले अब कलाकारहरुलाई अनुबन्धित गर्ने कामलाई अगाडि बढाएको बताए।
Shares
प्रतिक्रिया