कला


रामजी ज्ञवालीको फिल्म ‘रित्तो गाउँ’ को काठमाडौँमा विशेष प्रदर्शन

रामजी ज्ञवालीको फिल्म ‘रित्तो गाउँ’ को काठमाडौँमा विशेष प्रदर्शन

नेपालखबर
बैशाख १६, २०८१ आइतबार १२:५६, काठमाडौँ

नेपाली डकुमेन्ट्री सर्ट फिल्म ‘रित्तो गाउँ’ को काठमाडौँमा विषेश प्रदर्शन गरिएको छ।  त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रिय विभागका प्राडा  उद्धव सिग्देलको नेतृत्वमा गरिएको अनुसन्धानमा आधारित यस फिल्मकाे शुक्रबार पहिलो प्रदर्शन गरिएको हो।

विशेष शोमा नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलसहित व्यवसायी, विभिन्न संघसंस्थाका पदाधिकारी र फिल्म निर्माण टिमका सदस्यहरुको उपस्थिती थियो।

रोटरी क्लब अफ ग्रिनल्याण्ड काठमाडौँको आयोजनामा गरिएको विशेष प्रदर्शनसँगै ‘रित्तो गाउँ’ टिमले संसारभर आफ्नो विशेष प्रदर्शनको सुरुवात भएकाे जनाएको छ।

रामजी ज्ञवालीको लेखन एवं निर्देशनमा तयार यस फिल्मले युवा पलायनले रित्तिदै गएको गाउँको कथा प्रस्तुत गर्छ। ज्ञवालीले आधा दर्जन बढी सर्ट फिल्म र केहि म्युजिक भिडियो निर्देशन गरिसकेका छन्।

निर्देशक ज्ञवालीले काठमाडौँबाट फिल्मको विशेष प्रदर्शन थालिएको बताए। देशका विभिन्न ठाउँसँगै विदेशमा समेत प्रदर्शन गर्ने उनको योजना छ।

‘यो पहिलो प्रदर्शन हो । अब हामी विभिन्न संघ–सस्था, क्लब तथा व्यक्तिहरुसँग सहकार्य गरेर संसारभर यस फिल्मलाई देखाउनेछौँ। अहिलेसम्म बुटवल, हेटौँडा, जापान, हङकङ, अमेरिका लगायतका स्थानमा प्रदर्शन हुने लगभग निश्चित भएको छ,’उनले भने।

यस फिल्ममा हिउँवाला गौतम, सुवास गजुरेल, मुकुन भुसाल र नव अभिनेत्री सविना राउतको अभिनय रहेको छ।

अनुसन्धानमा आधारित यस डकुमेन्ट्री सर्ट फिल्म २ भागमा छुट्याइएको छ। पहिलो भाग अनुसन्धानमा आधारित तथ्यांकसहित देशभरको अवस्था चित्रण गरिएको छ। दोस्रो भागमा भने पहिलो भागबाट लिइएका विभिन्न कथामा काल्पनिक सर्ट फिल्म तयार पारिएको छ।

आनन्दराज प्रोडक्सनको ब्यानरमा राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको यस फिल्मका निर्माता आनन्दराज शर्मा वाग्ले हुन्। यस फिल्मलाई निरज कंडेलको खिँचेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .