ड्रामा क्विन राखी सावन्त फेरि विवादमा परेकी छन्। पूर्वपति आदिल खान दुर्रानीले आफ्नो अश्लील भिडिओ सार्वजनिक गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरेका हुन्।
राखीले उक्त मुद्दा सर्वोच्च अदालतमा लगेकी छन्। उनले अग्रिम धरौटीको सुविधा माग गरेकी छन्। राखीले बम्बई हाईकोर्टको आदेशलाई चुनौती दिँदै सर्वोच्चमा याचिका दायर गरेकी हुन्। राखी सावन्तको याचिकामा आज सुनुवाइ हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
राखीका पूर्वपति आदिल दुर्रानीले राखीले आफ्ना केही व्यक्तिगत भिडिओ लिक गरेको आरोप लगाएका छन्। यस सम्बन्धमा उनले एफआईआर दर्ता गरेका थिए। यस सम्बन्धमा आफ्नो गिरफ्तारीबाट बच्न राखीले अग्रिम जमानतका लागि निवेदन दिएकी थिइन्। तर बम्बे हाईकोर्टले यसलाई खारेज गरिदियो। अब सर्वोच्च अदालतले उनको पक्षमा फैसला गर्छ कि गर्दैन, त्यो आज थाहा हुनेछ।
Shares
प्रतिक्रिया