ad ad

कला


‘तेस्रो फान अवार्ड’ आयोजना गर्दै चलचित्र कलाकार संघ

‘तेस्रो फान अवार्ड’ आयोजना गर्दै चलचित्र कलाकार संघ

नेपालखबर
बैशाख ६, २०८१ बिहिबार ११:४९, काठमाडौँ

नेपाल चलचित्र कलाकार संघले ‘तेस्रो फान अवार्ड’ आयोजना गर्ने भएको छ।

भव्य रूपमा आयोजना गरिने अवार्ड समारोहको तयारी तीव्र पारिएको संघका महासचिव सविन श्रेष्ठले जानकारी दिए।

यसअघि कलाकार संघले २०७२ र २०७४ सालमा ‘फान अवार्ड’ आयोजना गरेको थियो। अब यसलाई निरन्तरता दिने संघले जनाएको छ।

अवार्ड समारोहमा कलाकार संघले २०७९ र २०८० सालमा रिलिज भएका फिल्महरूलाई यो वर्ष अवार्ड दिनेछ।

दुई वर्षको छुट्टाछुट्टै अवार्ड विभिन्न विधामा प्रदान गरिनेछ। यसका लागि केही दिनमै आवेदन फाराम खोल्ने जानकारी पनि संघले दिएको छ।   

संघले यो वर्षको कार्यक्रमले नेपाली फिल्म, फिल्मीकर्मी, कलाकारको अथक प्रयासलाई उच्च मूल्यांकन गर्दै नेपाली मनोरञ्जन उद्योगको अदम्य भावनाको प्रमाण दिने विश्वास गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .