फिल्म ‘वर एन्ड वधू’ मा मोडल कुसुम शर्मा अनुबन्धित भएकी छिन्। प्रकाश सपुतको गीत सकम्बरी बाट चर्चामा आएको उनी यस फिल्ममा विशेष भूमिकामा देखिनेछिन्।
निर्माणटिमका अनुसार उनी यस फिल्मको दोस्रो चरणको छायाङ्कनमा जोडिन लागेकी हुन्। पहिलो चरणको सुटिङ भने हाल रोमानियामा चलिरहेको छ।
हाल म्युजिक भिडिओमा व्यस्त कुसुम यसअघि फिल्म आर्यन सिग्देलसँग ‘सञ्जीवनी’ मा देखिने पक्का भइसकेको छ। तर, यस फिल्मको सुटिङ भने हुन सकेको छैन।
मिलन चाम्सको निर्देशनमा बनिरहेको फिल्ममा आँचल शर्मा, नव अभिनेता विवेक कर्माचार्य,श्रृष्टि खड्का, साम्राज्ञी राज्य लक्ष्मी शाह, किरण केसी, हिमेश पन्त लगायतको अभिनय रहेको छ।
प्रदीप भारद्धाजको कथा रहेको फिल्मको निर्माता जानुका थापा हुन्। नेपालीसहित हिन्दी भाषामा रिलिज गरिनेछ।
वैशाखको पहिलो साताबाट फिल्मको दोस्रो सेड्युलको सुटिङ सुरू हुने बताइएको छ।
Shares
प्रतिक्रिया