कला


अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ उत्कृष्ट फिल्म

अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ उत्कृष्ट फिल्म

नेपालखबर
चैत २०, २०८० मंगलबार १६:२२, काठमाडौँ

अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको पाँचौ संस्करणमा ‘चिसो मान्छे’ उत्कृष्ट घोषित भएको छ। दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको यस फिल्मले उत्कृष्ट फिल्मको अवार्ड जितेको हो।

यसै फिल्मबाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन्। ‘महापुरुष’बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेताको अवार्ड जिते। त्यस्तै, उत्कृष्ट निर्देशकको अवार्ड भने प्रदीप भट्टराईले हात पारे।

बालमनोविज्ञानमा आधारित लघुचलचित्र ‘घुर्रा’ले उत्कृष्ट सर्टफिल्म घोषित भयो। एक सटमा खिचिएको ‘घुर्राको लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन्।   

त्यस्तै चलचित्र ‘छक्का पन्जा ४’ बाट दीपक राज गिरी उत्कृष्ट लेखक बन्दा दीपाश्री निरौलाले जुरी मेन्सन अवार्ड पाइन्।

राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा ‘थिम’, वातावरणीय चलचित्रमा ‘दिअर ईज नो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला चलचित्र ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरे।

लघुचलचित्र ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए। प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेलसहित थुप्रै कलाकारहरुको उपस्थित थिए। महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय फिल्मतर्फ १५ र अन्तराष्ट्रिय फिल्मतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो।

अन्तरास्ट्रियतर्फ उत्कृष्ट फिल्म भारतको ‘मुझे स्कुल नही जाना’ र सर्टफिल्म बेलायतको ‘नो फ्रिडम नो आर्ट’ले अवार्ड पाएको छ। बंगलादेशको प्रशुन रहमानले चलचित्र ‘डियर सत्यजित’बाट उत्कृष्ट निर्देशक अवार्ड पाए। उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ‘ईन्टरभल’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीर’, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले अवार्ड प्राप्त गरेको छ ।

उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र ‘जुद्धो जोएर किशोर नायक’बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र ‘जेन’बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफ एन वर्ल्ड गन टु’बाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको ‘द ट्रु समिट’बाट कोर्बन रबीले अवार्ड पाएका छन्।

जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘ईमाकुलेट’ र पाकिस्तानको ‘समटाईम्स ईभन द सोर ड्रन्स’ले पाएको छ।

तीन दिनसम्म चलेको महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियो भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो। महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .