फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ बन्ने भएको छ। राजु गिरीको निर्देशनमा बन्ने फिल्मको एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।
जीआर प्रोडक्सनको व्यानरमा निर्माण हुने फिल्ममा नयाँ तथा पुराना कलाकारहरुको समिश्रण हुने बताइएको छ। निर्देशक गिरीको कथा रहेको फिल्मको पटकथा तथा संवाद कलाकार सविन बास्तोलाले लेखेका हुन्।
आशिक बस्नेत र आर्दश बस्नेतले निर्माण रहेको फिल्ममा बाबुल गिरीको संगीत हुनेछ।
निर्देशक गिरी निर्देशित दुई फिल्म ‘नम्बरी सुन’ र ‘ईश्वर’ प्रदर्शनको तयारीमा छन्। ‘ईश्वर’ २०८१ मंसिर १४ गतेबाट प्रदर्शनमा आउने छ। ‘नम्बरी सुन’को अहिलेसम्म दुई पटक प्रदर्शन मिति घोषणा गरेर पनि रिलिज हुन सकेको छैन।
24
Shares
प्रतिक्रिया