ad ad

कला


‘अञ्जिला’को रिलिज आगामी माघ ११ गते

‘अञ्जिला’को रिलिज आगामी माघ ११ गते

नेपालखबर
चैत १५, २०८० बिहिबार १३:३७, काठमाडौँ

फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीबाट प्रभावित फिल्म ‘अञ्जिला’ को रिलिज मिति तय भएको छ। यो फिल्म २०८१ माघ ११ गते रिलिज हुनेछ। 

चलचित्रका निर्देशक मिलन चाम्सले सबै पक्षबाट उपयुक्त मिति हेरी आगामी वर्षको माघ ११ गते रिलिज गर्न लागिएको जानकारी दिए। 

गोलकिपर अञ्जिला नेपाल राष्ट्रिय महिला फुटबल टिमकी कप्तानसमेत हुन्। यस बायोपिकमा अञ्जिला स्वयम्‌कै मुख्य भूमिका छ। अञ्जिलाकै जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा यस फिल्मको सुटिङ गरिएको हो।

फिल्मका निर्माता प्रेमकुमार श्रेष्ठ हुन्।

यस फिल्ममा अञ्जिलासहित दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का, मञ्जु श्रेष्ठ, वेदना राई, सिद्धार्थ  सिंह, सुरज तमु लगायतको अभिनय रहेको छ। निर्माता श्रेष्ठको पनि यस फिल्ममा मुख्य भूमिका छ। श्रेष्ठले वास्तविक जीवनकै भूमिका निर्वाह गरेका छन्।

आफ्नो निर्देशन करियरमा यो चलचित्रले फरक प्रकारको छाप छोड्ने निर्देशक चाम्सको दाबी छ। अञ्जिलाले फुटबलर बन्न गरेका संघर्ष र पाएका सफलताको कथालाई चलचित्रमा जोड दिइएको उनको भनाइ छ।

निर्देशक चाम्सले यो चलचित्र ठ्याक्कै अञ्जिलाको बायोपिक भने नभएको पनि बताए। ७५ प्रतिशत अञ्जिलाकै जीवनी भएतापनि बायोपिक भने नभएको उनको भनाइ छ।

निर्माता श्रेष्ठले एञ्जिलाको कष्टकर बाल्य जीवनदेखि सफलतासम्मको कथा चलचित्रमा देख्न मिल्ने बताए। १५ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गरिरहेका उनले शिक्षादीक्षादेखि खेलाडी बनाउनेसम्मको सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका हुन्। 

श्रेष्ठले एञ्जिलाको संघर्ष र सफलताको कथाले धेरैलाई इन्स्पायर गर्छ भन्ने लागेर चलचित्र बनाएको सुनाए। 

सुदीप बरालको डीओपी रहेको यस चलचित्रका सम्पादक मिलन श्रेष्ठ हुन्। मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका सहनिर्माता विनोद अग्रवाल र राजेश बगडिया हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .