गायिका बबिना किरातीको स्वरमा ‘आकाशैमा चिल हो कि बेसारा’को फिमेल भर्सन सार्वजनिक भएको छ।
महेश थुलुङद्वारा एक दशकअघिको चर्चित गीत ‘आकाशैमा चिल हो कि बेसारा’ गायिका बबिना किरातीको स्वरमा फिमेल भर्सन सार्वजनिक भएको छ।
भुवन थुलुङको शब्द तथा संगीत रहेको यस पूर्वेली गीतको एरेन्ज रिकेश गुरुङले गरेका छन्। किङ स्टुडियो र स्टुडियो २१ मा रेकर्ड भएको यस गीतको मिक्सिङ र मास्टररिङ राजु कार्कीको रहेको छ।
पूर्वका रमणीय ठाउँहरुमा छयंकन गरिएको यस गीत भिडियोको निर्देशन राजेश पुमा राईले गरेका हुन् भने गायिका किराती, सम्राट अधिकारी, अनिस मगर, सृष्टि सुब्बा, रश्मी आले मगर लगायत कलाकारलाई फिचरिङ गरिएको छ।
इसाक जबेगुले खिचेको भिडियोको सम्पादन विकास दाहालले गरेका छन्। यसअघि किरातीको ‘चरी भए’, ओई भन्यो मायाले’, ‘चाइनाको रेल’ ‘बेचिदिन्थे यो जवानी’ लगायत गीत हिट छन्।
Shares
प्रतिक्रिया