ad ad

कला


यस्तो छ गोलकिपर ‘अञ्जिला’को बायोपिक फिल्मको फर्स्टलुक पोस्टर

यस्तो छ गोलकिपर ‘अञ्जिला’को बायोपिक फिल्मको फर्स्टलुक पोस्टर

नेपालखबर
फागुन २५, २०८० शुक्रबार १५:३८, काठमाडौँ

फुटबल खेलाडी अञ्जिला तुम्बापो सुब्बाको जीवनीबाट प्रभावित फिल्म ‘अञ्जिला’ को फर्स्टलुक सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा अञ्जिलासहित दयाहाङ राईलाई देख्न सकिन्छ।

बाल्यकालमा फुटबल खेल्न गरेको संघर्षदेखि सफलतासम्म पोस्टरमा चित्रण गरिएको छ।

गोलकिपर अञ्जिला नेपाल राष्ट्रिय महिला फुटबल टिमकी कप्तान समेत हुन्। मिलन चाम्सको निर्देशित यस बायोपिकमा अञ्जिलाको नै मुख्य भूमिका रहेको छ।

विनोद ज्ञवाली र राजेश अग्रवाल सह निर्माता रहेको यस फिल्मको निर्माता प्रेमकुमार श्रेष्ठ हुन्। फिल्ममा अञ्जिला र दयाहाङसहित माओत्से गुरुङ, बुद्धि तामाङ, प्रेमकुमार श्रेष्ठ लगायतको अभिनय छ। प्रेम कुमार श्रेष्ठको पनि यस चलचित्रमा प्रमुख भूमिका रहेको छ। श्रेष्ठले वास्तविक जीवनकै भूमिका निभाएका छन्।

अञ्जिलाको कष्टकर बाल्यकारदेखि सफलतासम्मको कथालाई देखाइने निर्माता श्रेष्ठको दाबी छ। खेलकुदको विषयमा र वास्तविक पात्रले नै अभिनय गर्ने अञ्जिला पहिलो नेपाली फिल्म भएको उनको भनाइ छ।

१५ वर्षदेखि अञ्जिलाको अभिभावकत्व ग्रहण गर्दै आएका उनले शिक्षा–दिक्षादेखि खेलाडी बनाउने सहमतिमा हस्ताक्षर गरेर अञ्जिलालाई मोरङबाट काठमाडौँ ल्याएका थिए।

श्रेष्ठले अञ्जिलाको सङ्घर्ष र सफलताको कथाले धेरैलाई ‘इन्स्पायर’ गर्छ भन्ने लागेर चलचित्र बनाएको बताए।

अञ्जिलाकै जन्मथलो इलामको आइतबारे सहित झापा र काठमाडौँमा यस चलचित्रको छायाङ्कन गरिएको हो। फिल्मको प्रदर्शन मिति भने तोकिएको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .