कला


२२ वर्षपछि फिल्म निर्देशनमा फर्किँदै अनुपम खेर

२२ वर्षपछि फिल्म निर्देशनमा फर्किँदै अनुपम खेर

नेपालखबर
फागुन २४, २०८० बिहिबार १७:५३, काठमाडौँ

आज बलिउड कलाकार अनुपम खेरको ६९ औं जन्मदिन। खेरले जन्मदिनको अवसरमा नयाँ फिल्म ‘तन्वीः द ग्रेट’ को घोषणा गरेका छन्।

जुन फिल्ममार्फत अनुपम २२ वर्षपछि निर्देशनमा कमब्याक गर्दैछन्।

यो चलचित्रको छायांकन महाशिवरात्रिको अवसरमा चैत ८ गतेबाट सुरु हुनेछ। अनुपमले आफ्नो ब्यानर अनुपम खेर स्टुडियोबाट यो फिल्म निर्माण गर्नेछन्। विगत ३ वर्षदेखि अनुप यस सांगीतिक कथामा काम गरिरहेका गरिरहेका छन्।

अनुपले स्वयम सामाजिक सञ्जालमार्फत फिल्मबारे जानकारी दिएका हुन्।

उनले आफ्नी आमासँग आशिर्वाद लिएको भिडियो सामाजिक सञ्जालमा सेयर गर्दै उनले लेखेका छन्, ‘तन्वीः द ग्रेटस् आज मेरो जन्मदिनमा म गर्वका साथ मेरो फिल्मको नाम घोषणा गर्छु। जुन मैले निर्देशन गर्ने निर्णय गरेको छु।’

अनुपमले आफ्नो अभिनय करियरमा धेरै भाषाका ५०० भन्दा बढी फिल्ममा काम गरिसकेका छन्। तर, निर्देशकका रूपमा उनले अहिलेसम्म एउटा मात्र फिल्म निर्देशन गरेका छन्। जुन फिल्म हो ‘ओम जय जगदीश’।

सन् २००२ मा रिलिज भएको अनिल कपूर, अभिषेक बच्चन र फरदीन खान स्टारर फिल्म ‘ओम जय जगदीश’ बक्सअफिसमा नराम्ररी फ्लप भएको थियो। यसपछि अनुपमले फिल्म निर्देशनबाट टाढिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .