कला


जुकरबर्ग दम्पतीले तारिफ गरेको अनन्तले लगाएको घडीको मूल्य कति पर्छ?

जुकरबर्ग दम्पतीले तारिफ गरेको अनन्तले लगाएको घडीको मूल्य कति पर्छ?

नेपालखबर
फागुन २१, २०८० सोमबार १७:११, काठमाडौँ

विश्वकै धनाढ्यमध्ये एक मुकेश अम्बानीका छोरा अनन्त अम्बानी र राधिका मर्चेन्टको प्रि–वेडिङ समारोह सम्पन्न भइसकेको छ। मार्च १ देखि ३ सम्म गुजरातको जामनगरमा आयोजित यस समारोहमा विश्वभरका चर्चित व्यक्तित्वहरूलाई निमन्त्रणा गरिएको थियो।

जसमा फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओ मार्क जुकरबर्ग पनि थिए। उनी श्रीमती प्रिसिला चानसँग कार्यक्रममा पुगेका थिए।

यसैबीच यस समारोहसँग सम्बन्धित एउटा भिडियोले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

जसमा जुकरबर्ग र उनकी श्रीमतीले अनन्तको नाडीमा रहेको घडीको तारिफ गरिरहेका देखिन्छन्। यससँगै करोडौं रुपैयाँको यो घडीको चर्चा सुरु भएको छ।

खासमा यो घडी स्विस ब्रान्ड रिचर्ड मिलको हो। यस ब्रान्डको घडीको औसत मूल्य दुई मिलियन डलर रुपैयाँ रहेको छ।

मिडिया रिपोर्टका अनुसार यस समारोहमा अनन्त अम्बानीले लगाएको घडीको मूल्य करिब १५ करोड भारु बताइएको छ।

रिचार्ड मिल ब्रान्डको स्थापना सन् १९९९ मा फेन्च रिचार्ड मिलले गरेका थिए। संसारका धेरै प्रसिद्ध व्यक्तित्वहरूले आफ्नो नाडीमा यो ब्रान्डको घडी लगाएका छन्।

यसमा अमेरिकी र्‍यापर जे–जेड, मलेसियाली अभिनेत्री मिशेल योह, अमेरिकी रेकर्ड निर्माता फेरेल विलियम्स, अमेरिकी हास्य कलाकार भिन हार्ट, स्पेनका टेनिस खेलाडी राफेल नाडाल र बेलायती गायक तथा गीतकार एड शिरीन समावेश छन्।

अम्बानीसँग धेरै लक्जरी घडीहरू छन्। गत वर्ष अनन्तले मुम्बईको जियो पार्कमा निर्मित नीता मुकेश अम्बानी सांस्कृतिक केन्द्रको उद्घाटन समारोहमा ‘पाटेक फिलिप’ ब्रान्डको सुपर लक्जरी घडी लगाएर पुगेका थिए।

उक्त घडीको मूल्य १८ करोड भारु रुपैयाँ रहेको छ। पाटेक फिलिप संसारको लक्जरी घडी ब्रान्ड हो।

घडी मात्रै होइन अनन्त कारका पनि निकै सौखिन छन्। उनीसँग लक्जरी कारहरूको संग्रह पनि छ। अनन्तसँग रोल्स रोयस फ्यान्टम, बीएमडब्लु आई ८, एसयुवी मर्सिडीज बेन्ज, जी ६३ एएमजी, लैन्ड रोवर वाग लगायतका गाडीहरू छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .