कला


विराज भट्टको ‘१२ गाउँ’मा पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का फाइनल

विराज भट्टको ‘१२ गाउँ’मा पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्का फाइनल

नेपालखबर
फागुन १६, २०८० बुधबार १२:१४, काठमाडौँ

पूर्व मिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले फिल्म '१२ गाउँ' बाट अभिनयमा डेब्यू गर्ने भएकी छिन्।

विराज भट्टको निर्माण र निर्देशनमा बन्ने फिल्ममा उनी मुख्य अभिनेत्रीको रुपमा अनुबन्धित भएकी हुन्। मुख्य भूमिकाका लागि न्यान्सीसँग कागती सम्झौता भइसकेको निर्माणटिमले जनाएको छ।

विराजले फेसबुकमा न्यान्सीसँगको तस्विर राख्दै १२ गाउँ टिममा स्वागत गरेका छन्। खड्काले मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि जितेकी थिइन्। आमसञ्चार तथा पत्रकारितामा अमेरिकाबाट स्नातक गरेकी मोडल समेत हुन्।

गतवर्ष जापानमा आयोजित 'मिस इन्टरनेशनल' मा नेपालबाट प्रतिनिधित्व गरेकी थिइन्। फिल्म ‘१२ गाउँ’ बाट एक्सन स्टार विराज भट्टका छोरा समीर भट्टले डेब्यु गर्देछन्।

सन्तोष सरकारको कथा र पटकथा रहेको फिल्ममा विराजको पनि मुख्य भूमिकामा हुनेछ। एक्सन थ्रिलर जनरामा निर्माण हुने फिल्मको छायाङ्कन चैत १५ गतेबाट सुरु हुनेछ। विराजले ४ वर्षपछि दोस्रो फिल्म निर्माण र निर्देशन गर्न लागेका हुन्।

२०७६ सालमा पहिलोपटक विराजले फिल्म ‘साङ्लो’ बनाएका थिए। जुन फिल्ममार्फत पूर्व मिस नेपाल निकिता चण्डकले डेब्यु गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .