एकदेव लिम्बुको स्वरमा रहेको गीत ‘तिम्रो मुटुमा’को फिमेल भर्सन सार्वजनिक भएको छ।
लोकप्रिय गायक यशकुमारको शब्द संगीतमा रहेको गीतको फिमेल भर्सनमा सुनिता थेगेमले स्वर दिएका छन्।
यस अघि एकदेव लिम्बुको स्वरमा रहेको गीतलाई उनकी आफ्नै बहिनी सुनिता थेगेमले फिमेल भर्सनमा आवाज दिएकी हुन्। एकदेव र सुनिता दाजु बहिनी हुन्। सुनिताले यस अघि ‘छिरिङ’ सिनेमामा बोल–बोल पाखाहरु, तिमीले त मायामा, ए कान्छा लगायतकाका गीतहरु गाइसकेकी छन्।
गायक तथा नायक यश कुमारको शब्द संगीतमा रहेको ‘सिउँदोमा’ बोलको गीत गाएपछि गायक एकदेव लिम्बु एकाएक चर्चामा आएका थिए भने बाबु बोगटी र यश कुमारको सम्बन्धमा दरार आएको थियो।
‘तिम्रो मुटुमा’ बोलको मेल भर्सनको गीतको भिडियोले यस अघि युट्युबको ट्रेन्डिङ कब्जा गरेको थियो। ‘तिम्रो मुटुमा’ बोलको फिमेल भर्सनलाई मेल भर्सनको जवाफको रुपमा लिइएको छ। यस गीतको भिडियोमा गायक यशकुमार, गायिका सुनिता र रियसाको अभिनय रहेको छ।
गीतको भिडियोको कन्सेप्ट यशकुमार कै रहेको छ भने भिडियोलाई गोङ्बाले निर्देशन गरेका हुन्। गीतलाई यशकुमारको आधिकारीक युट्युव च्यानल रिदम फिल्मबाट सार्वजनिक गरिएको छ।
हेरौँ भिडियो

प्रतिक्रिया