उमेश राउत र अस्मिता अधिकारीको आवाजमा 'हेरेर मुहार तिम्रो' सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक भएको गीतमा उज्ज्वल हृदयको शब्द र उमेश राउतको सङ्गीत छ।
गीतको भिडिओमा उषा उप्रेती र रमेश जटाललाई देख्न सकिन्छ।
चित्लाङ, भेडाचौर र कुलेखानी ड्यामको सुन्दर दृश्यहरूले भिडियो अझ सुन्दर बनेको छ। भिडिओलाई जिबी आग्रीले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् ।
'माया, प्रेम, बाचा अनि सुन्दर जीवनको कामना नै गीतको सार हो', गायक राउतले भने, 'प्रेम प्राप्तिपछिको मीठो परिकल्पनालाई हरसम्भव रूपमा सुन्दर बनाउने हाम्रो प्रयास रहेको छ।'
ओएसआर डिजिटलबाट सार्वजनिक गीतको सङ्गीत संयोजन, मिक्सिङ र मास्टरिङ पुरुषोत्तम सुवेदीले गरेका हुन् ।
159
Shares
प्रतिक्रिया