राजबहादुर साने निर्देशित फिल्म ‘सिटामोल’को छायाङ्कन सकिएको छ। काठमाडौंका केही दृश्य र गीतको सुटिङ बाँकी राख्दै सम्पूर्ण छायांकन सिन्धुलीमा सकिएको निर्देशक सानेले जानकारी दिए।
२५ दिन लगाएर फिल्मको सुटिङ सिन्धुलीमा गरिएको हो। निर्माणटिमले सुटिङ सेटका केही तस्विरहरु समेत सार्वजनिक गरेको छ। जुन तस्विरमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई देख्न सकिन्छ।
फिल्ममा सौगात र बेनिशा श्रीमान-श्रीमती रुपमा रहेको तस्विरबाट थाहा हुन्छ। सौगातले जनयुद्धको घाइतेको भूमिका निवार्ह गरेका छन्। फिल्मले माओवादी जनयुद्धको कथा उठान गरेको बुझिएको छ। यस फिल्मलाई आगामी तीजमा रिलिज गर्ने निर्माणटिमको लक्ष्य छ।
तुलसी देवी फिल्म प्रालीको ब्यानरमा बनेको फिल्ममा सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, ज्ञानु सेञ्चुरी, पवन भट्टराई, काजल भुजेल र बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीको अभिनय रहेको छ।
सिनेमाको कथा निर्देशक साने स्वंयमले लेखेका हुन्। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचि रहेका छन्।
सिनेमामा भुगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्यय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन्।
Shares

प्रतिक्रिया