कला


‘फूलको आँखामा’ गीतका रचनाकार दुर्गालाललाई बूढानीलकण्ठ आजीवन साधना सम्मान

‘फूलको आँखामा’ गीतका रचनाकार दुर्गालाललाई बूढानीलकण्ठ आजीवन साधना सम्मान

नेपालखबर
फागुन १३, २०८० आइतबार १५:८, काठमाडौँ

कविता र गीत विधामा लोकप्रिय जनकवि दुर्गालाल श्रेष्ठ ‘बूढानीलकण्ठ आजीवन साधना सम्मान–२०८०’बाट सम्मानित भएका छन्। श्रेष्ठलाई सम्मानस्वरुप ५५ हजार ५ सय ५५ नगद राशि प्रदान गरिएको छ।

बूढानीलकण्ठ नगरपालिकाको आयोजनामा भएको महोत्सवमा कवि दुर्गालाललाई मेयर र उपमेयरद्वारा सम्मान गरिएको हो। उनलाई आजीवन नेपाली र नेपालभाषा साहित्यका लागि गरेका योगदान सम्झँदै सम्मान गरिएको व्योहोरा युवा कवि प्रज्ववल अधिकारीले पढेर सुनाएका थिए।  

१९९२ सालमा काठमाडौंमा जन्मिएका ८८ वर्षीय कवि दुर्गालालले आफ्नो स्वास्थ्य अवस्थाका कारण पुरस्कार पाएपछिको धन्यवाद मन्तव्य अडियोमा अभिव्यक्त गरे।

‘आफ्नै टोलको यो माया सँगाल्न पाउँदा जीवनमा सबैभन्दा बहुमूल्य वस्तुको उपभोग म गर्दैछु कि मलाई लाग्छ’ अडियोमा भावुक हुँदै बोलेका थिए।

कवि दुर्गालाल जनकवि तथा जगदम्बाश्रीजस्ता पुरस्कार/सम्मानबाट सम्मानित भइसकेका छन्। उनी पछिल्लो पुस्तामाझ आनी छोइंग डोल्माले न्यूहु बज्राचार्यको संगीतमा गाएको ‘फूलको आँखामा फूलै संसार’का गीतकारका रूपमा बढी चर्चित छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad