ad ad

कला


‘डिग्री माइला’को पहिलो गीत सार्वजनिक, रोमान्टिक देखिए दयाहाङ र आँचल

‘डिग्री माइला’को पहिलो गीत सार्वजनिक, रोमान्टिक देखिए दयाहाङ  र आँचल

नेपालखबर
फागुन ११, २०८० शुक्रबार १६:३६, काठमाडौँ

रामबाबु गुरुङ निर्देशित सिनेमा ‘डिग्री माइला : एमए थर्ड क्लास’को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘सुस्त सुस्त’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ।

एसडी योगीको संगीत तथा दिल्लु चम्लागाईको शब्द रचना अनि संगीतकार योगी र विज्ञानी पराजुलीको स्वर सुन्न सकिन्छ। गीतमा युमी बलामीको कोरियोग्राफी र निर्देशक रेनेशा वान्तवा राईको डिरेक्टर अफ कोरियोग्राफी रहेको छ।

बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा पेस गर्छ।

यसै नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। फिल्म सोही नामको नाटकमा आधारित रहेको छ।

बाँसुरी फिल्मस्ले कबड्डी फिल्मस् तथा सुस्मा फिल्मस्सँग मिलेर फिल्मको निर्माण गरेको हो। फिल्ममा दयाहाङ र आँचलका अलवा विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .