ad ad

कला


भारतमा चलिरहेको छ ‘दान्भी’ को सुटिङ, एक्सन लुकमा पूजा शर्मा

भारतमा चलिरहेको छ ‘दान्भी’ को सुटिङ, एक्सन लुकमा पूजा शर्मा

नेपालखबर
फागुन ३, २०८० बिहिबार १२:४४, काठमाडौँ

पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म ‘दान्भी’ को छायाङ्कन धमाधम भइरहेको छ। रुपेश तामाङको निर्देशनमा यस फिल्मको सुटिङ यतिखेर भारतको कालिम्पोङमा चलिरहेको छ। 

फिल्मको छायांकनमा मूख्य कलाकारहरु पूजा शर्मा, कुन्साङ बोमजोमले अभिनय गरिरहेका छन्। एक सातादेखि कालिम्पोङमा रहेकी अभिनेत्री शर्माले भनिन्–‘हामीले फिल्मको मुख्य अंशको छायाँकन गरिरहेका छौँ। अझै, एक साता छायांकन सेड्यूल छ।’

यसअघि निर्माणटिमले फिल्मको एक्सनपूर्ण टिजर सार्वजनिक गरेको थियो। जसमा पूजाको एक्सन लुकलाई दर्शकले मन पराएका थिए।

फिल्मको काम सकेपछि मात्र प्रदर्शन मिति तय गर्ने तयारी छ।

फिल्मको टिजर सार्वजनिक भएपनि प्रदर्शन मिति भने तय गरिएको छैन। फिल्ममा पूजा र कुन्साङको साथमा फिल्म ‘पर्खी बसेँ तिमीलाई’ का अभिनेता किरण श्रेष्ठको पनि अभिनय छ।

देव मगर र अनुप गडालको लगानी रहेको फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्। फिल्ममा कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्माताको रुपमा छन्। 

रविना थापा मगरको कथा रहेको फिल्मको पटकथा तथा संवाद संजोग कुवँर रानाले लेखेका हुन्। श्री श्रेष्ठको एक्सन निर्देशन रहेको फिल्ममा हरिबहादुर घलेले खिचिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .