कला


चलचित्र ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत सार्वजनिक

चलचित्र ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत सार्वजनिक

नेपालखबर
माघ २६, २०८० शुक्रबार १८:३२, काठमाडौँ

चलचित्र ‘अगस्त्य च्याप्टर १’को पहिलो गीत सार्वजनिक भएको छ। भ्यालेन्टाइन डेको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको हो।

ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर रहेको छ। एसडी योगीको संगीत र मिक्सिङ मास्टरिङ रहेको गीतमा सबिन एकतारेको शब्द रहेको छ।

गीतको भिडियोमा सौगात मल्ल, मलिका महत लगायत कलाकारहरु  फिचर्ड छन्।

सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको यस चलचित्रमा सौगात र मलिका सहित नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी,  विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का लगायतको अभिनय छ। यो फिल्म फागुन १८ गतेबाट विश्वभर रिलिज हुँदैछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .