ad ad

कला


‘द बुल’ तयारीमा लागेका सलमानको फिजिकल ट्रान्सफर्मेसन लुक भाइरल

‘द बुल’ तयारीमा लागेका सलमानको फिजिकल ट्रान्सफर्मेसन लुक भाइरल

नेपालखबर
माघ २३, २०८० मंगलबार १५:५०, काठमाडौँ

बलिउड अभिनेता सलमान खान अहिले फिल्म ‘द बुल’ का कारण चर्चामा छन्। हालै बिग बिसको १७ सिजन सकाएपछि उनी यस फिल्मको तयारीमा लागेका छन्।

यसैबीच, सलमानका केही तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। जसमा द बुलका लागि सलमानले गरेको फिजिकल ट्रान्सफर्मेसनले दर्शकको ध्यान तानिरहेको छ।

हालै एक फ्यान जोडी सलमानको घर ग्यालेक्सी अपार्टमेन्टमा गएका थिए। यसै क्रममा उनले सलमान र उनका बुबा सलीम खानलाई भेटेका थिए। साथै फ्यानले सलमानलाई आफ्नो परिवारका सदस्यहरूसँग भिडियो कलमा कुरा गर्न पनि लगाए। अहिले उक्त भेटघाटका तस्बिर र भिडियो भाइरल भएका छन्।

करण जोहरको बनाउन लागेको सलमान ब्रिगेडियर फारुक बुलसारको भूमिकामा देखिनेछन्। यस फिल्मबाट सलमान र करण २५ वर्षपछि सँगै काम गर्न लागेका हुन्। गत डिसेम्बरमा यो मुहूर्तका लागि मुम्बईको फिल्मसिटीमा भेला भएको थियो।

फिल्ममा सलमानले आफूलाई फिट देखाउन कडा मेहनेत गरिरहेका छन्। फिल्मको लागि उनी दैनिक साढे ३ घण्टा हार्ड ट्रेनिङ् गरिरहेका छन्। जिममा घण्टौं वर्कआउट गर्नुका साथै उनले आफ्नो खानपिनमा पनि परिवर्तन गरेका छन्।

विष्णु वर्धनको निर्देशनमा बन्ने ‘द बुल’ मा अपरेशन क्याक्टसको कथा देखाइनेछ। ब्रिगेडियरले सन् १९८८ मा माल्दिभ्समा अपरेशन क्याक्टसको नेतृत्व गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .