राजबहादुर सानेको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘सिटामोल’को छायांकन जारी छ।
निर्माण टिमले दिएको जानकारी अनुसार हाल सिन्धुलीमा यो सिनेमाको छायांकन भइरहेको छ। अहिलेसम्म सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको निर्देशक सानेले जानकारी दिए।
अहिलेकै स्पीडमा काम भएको खण्डमा आगामी तीजसम्ममा सिटामोल रिलिज हुने टार्गेट राखिएको निर्देशबक सानेले बताए। बिगत एक हप्तादेखि भैरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक गरिएको छ।
सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन् भने बेनिशाले बच्चा बोकेकी छन्।
यो तस्वीरबाट सिनेमामा उनीहरु श्रीमान्-श्रीमतीको रुपमा प्रस्तु भएको बुझ्न सकिन्छ। माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ। सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रुपमा प्रस्तुत गरिएको हुनसक्ने अनुमान गर्न सकिन्छ।
सिनेमामा उनीहरुका अवा लोकेन्द्र लेखक पनि मुख्य भूमिकामा छन्। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचिरहेका छन्।
Shares

प्रतिक्रिया