अभिनेता गौरव पहारीले बिहे गरेका छन्। प्रेमिका श्रेयानी खतिवडासँग उनले आज लगनगाँठो कसेका हुन्।
जोरपाटीस्थित नर्लिङ रिसोर्टमा परिवार र आफन्तको उपस्थितिमा उनीहरुले बिहे गरेका हुन्। साथै उनीहरुको वैवाहिक समारोहमा कलाकारहरु सुनिल थापा, स्वेता खड्का, विल्सनविक्रम राईदेखि पूर्व मिस नेपाल श्रृंखला खतिवडा पनि उपस्थित थिए।
श्रेयानी पेशाले फिटनेस प्रशिक्षक हुन्। विगत तीनवर्षदेखि प्रेमसम्बन्धमा रहेकी दुवैले गत असोज ३ गते इन्गेजमेन्ट गरेका थिए।
गौरवले फिल्म ‘मञ्जरी’बाट डेब्यु गरेका हुन्। गौरव पुराना कलाकार टिका पहारीका छोरा हुन्।
थुप्रै म्युजिक भिडिओमा अभिनय गरेका उनले होस्टेल, गाजलु, साइँली, छक्का पञ्जा २ लगायतका फिल्ममा काम गरिसकेका छन्।
222
Shares
प्रतिक्रिया