ad ad

कला


‘महिनावारी हुनु जुँगा आउनुजस्तै प्राकृतिक’ सन्देश दिने गीत सार्वजनिक (अडिओ)

‘महिनावारी हुनु जुँगा आउनुजस्तै प्राकृतिक’ सन्देश दिने गीत सार्वजनिक (अडिओ)

फाइल तस्बिर : राधा पौडेल


नेपालखबर
माघ १९, २०८० शुक्रबार १२:३३, काठमाडौँ

दाइको जुँगाजस्तै आको मेरो पनि रगत

यो रगतले अघि बढ्छ हाम्रो सारा जगत्

सँगसँगै छु म, सँगसँगै छु

महिनावारी भाछु, सँगसँगै छु

मर्यादित महिनावारीसम्बन्धी 'सँग सँगै' बोलको गीत सार्वजनिक भएको छ।

राधा पौडेल फाउन्डेसनले मर्यादित महिनावारीसम्बन्धी जनचेतनामूलक गीत ल्याएको हो।

लेखक राधा पौडेलको शब्द रहेको गीतमा प्रगति हिङमाङको स्वर छ।

कम्पोज र म्युजिक एरेन्ज बिहानी बिकेले गरेका हुन्। 

गीतले महिनावारी हुनु दाइको जुँगा आएजस्तै प्राकृतिक कुरा भएको सन्देश दिन्छ। 

साथै गीतले महिनावारीलाई सामान्य रुपमा लिएर मर्यादित व्यवहार गर्नसमेत सन्देश दिन्छ।

यस गीतलाई रेकर्ड र मिक्सिङ मनोज डंगोलले गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .