आफ्ना सन्तानले प्राप्त गरेको अत्यन्त साना उपलब्धि पनि बुबाआमाका लागि निकै ठूलो खुसीको स्रोत बन्न सक्छ। बलिउड अभिनेता शाहरुख खानको हकमा पनि यही वचन सत्य सावित भएको छ।
कान्छा छोरा अब्रामले तेक्वान्दोमा गोल्ड मेडल जितेको भन्दै शाहरुखले इन्स्टाग्राममा तस्बिर राखेर खुसी साटेका छन्।
‘मलाई लाग्छ, म भन्दा मेरा केटाकेटीसँग बढी अवार्ड छन्,’ उनले लेखेका छन्।
उनले आफू गौरवान्वित र प्रेरित भएको पनि बताएका छन्।
3
Shares
प्रतिक्रिया