सडकमा पर्चा बाँडेर हिँड्ने एकजना महिलालाई काठमाडौं महानगरपालिकाले १० हजार रुपैयाँ जरिवाना तिराएको छ।
काठमाडौं महानगरपालिका-१६ बालाजुमा पर्चा वितरण गरि फोहोर गरेको आरोपमा इन्दिरा विकलाई १० हजार रुपैयाँ जरिवाना तिराएको हो।
महानगरले पछिल्लो समय दृश्य प्रदूषण गर्नेलाई पनि जरिवाना तिराइरहेको छ। महानगर प्रहरीले पर्चा र पम्प्लेटका कारण सहरमा फोहोर बढेकाले कारबाही गरिएको जनाएको छ।
महानगरले 'कम्पनीका लागि विभिन्न तहमा जागिर खुल्यो' शीर्षकको पर्चा बाँडेर फोहोर गरेकाले १० हजार जरिवाना तिराइएको जनाएको छ।
111
Shares
प्रतिक्रिया