भारतीय अभिनेता सुपरस्टार प्रभासले एक महिनाको ब्रेक लिएका छन्। उनले आफ्नो स्वास्थ्यको हेरचाहका लागि फिल्मक्षेत्रबाट एक महिना टाढिएका हुन्।
यस ब्रेकमा स्वास्थ्य हेरचाह उनको शीर्ष प्राथमिकता हुनेछ। केही महिनाअघि प्रभासलाई चोट लागेको थियो। अझै चोटबाट पूर्ण रुपमा निको भएका छैनन्। यस्तो अवस्थामा उनी शल्यक्रियाका लागि युरोप पनि जान सक्ने दैनिक भाष्करले उल्लेख गरेको छ।
‘प्रभासले आफ्नो अघिल्लो फिल्म सालारका लागि सकारात्मक प्रतिक्रिया पाएका छन्। अब उनले यो ब्रेकमा आफूलाई स्फूर्ति दिने र आफ्नो स्वास्थ्यमा पनि ध्यान दिने स्रोतले जनाएको छ।
स्रोतका अनुसार मार्चमा काममा फर्किएपछि प्रभासले आफ्नो आगामी फिल्म ‘कल्की २८९८ एडी’ को बाँकी काम पूरा गर्नेछन्। यो फिल्म यसै वर्षको मे ९ मा रिलिज हुँदैछ। यस फिल्ममा प्रभासका साथै दीपिका पादुकोण र अमिताभ बच्चन पनि देखिँदैछन्।
‘कल्की’ बाहेक प्रभास ‘एनिमल’ फेम निर्देशक सन्दीप रेड्डी वांगाको ‘स्पिरिट’ र मारुतिको ‘द राजा साहेब’ मा पनि काम गर्दैछन्।
Shares

प्रतिक्रिया