ad ad

कला


मेनुकाले पाइन् ‘आँखा देख्ने’ चस्मा

मेनुकाले पाइन् ‘आँखा देख्ने’ चस्मा

नेपालखबर
माघ १५, २०८० सोमबार ९:३४, काठमाडौँ

नेपाली गायिका मेनुका पौडेल इन्डियन आइडलका कारण अहिले चर्चामा छन्। दृष्टिविहीन उनले आइडलकै मञ्चमार्फत् आर्टिफिसियल इन्टेलिजेन्स् (एआई) जडित स्मार्ट भिजन चस्मा पाएकी छन्। 

उक्त चस्मा लगाएपछि मेनुकाले एक्लै हिँडडुल गर्नेदेखि पढ्न र सामुन्ने उभिएको मान्छेलाई चिन्नसम्म सक्छिन्। आइतबार प्रसारण भएको इन्डियन आइडलको एपिसोडमा उनलाई भारतीय नेत्र चिकित्सक नितिन र रोहनले एआईजडित चस्मा प्रदान गरेका हुन्। 

जहाँ मेनुकाले उक्त चस्मा लगाएर डेमोसमेत देखाइएको थियो। चस्मा लगाएपछि मेनुकाअघि जज कुमार सानु आएका थिए। त्यसपछि एआईजडित चस्माले अंगेजी भाषामा 'कुमार सानु अघि उभिएका छन्' भनेको थियो।

उनले अक्षयसमेत चिनेकी थिइन्।

त्यसपछि डाक्टरले उक्त चस्माको विशेषताबारे जानकारी दिएका थिए। मेनुकालाई दिइएको चस्मामा क्यामेरा जडान गरिएको छ। क्यामेराले फोटो खिच्ने र सेन्सरले उक्त तस्बिरको वर्णन पनि गर्ने भएकाले दृष्टिविहीनका लागि उपयोगी देखिएको छ।

चस्माको सेन्सरमा एआई जडान गरिएको हुन्छ। चस्माको छेउमा पाँच अक्षरसमेत छन्। जसलाई थिचेर डेमो भइसकेपछि मेनुकाले खुसी हुँदै डाक्टरसहित इन्डियन आइडल टिमलाई धन्यावाद दिइन्।

'मलाई जीवनमा यति ठूलो उपहार कसैले दिएको थिएन। जो तपाईंहरूले दिनुभयो। यसका लागि धेरैधेरै धन्यावाद! मजस्तै अन्य थुप्रै हुनुहुन्छ। जसलाई म मद्दत गर्न सकूँ', उनले भनेकी छन्।

प्रभास स्टारर फिल्म सलारको गीतसमेत गाइसकेकी मेनुका अहिले इन्डियन आइडलको टप १० मा छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .